२०८२ जेठ २७ सोमबार

राशिफल

आज बैशाख ३० गते, थाहा पाउनुहोस आफनो राशिफल

मेष : 
चु, चे, चो, ला, लि, लु, ले, लो, अ : नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला मिल्नेछ ।

 

मिथुन : 
का, कि, कु, घ, ङ, छ, के, को, हा  : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पारिवारिक सद्भाव बढ्नेछ ।

 

सिंह :
मा, मि, मु, मे, मो, टा, टि, टु, टे  : आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

 

तुला : 
रा, रि, रु, रे, रो, ता, ति, तु, ते  : दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । स्मरणशक्ति कमजोर रहनाले समस्या आउन सक्छ ।

 

धनु : 
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे  :  आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला र मानसिक चिन्ता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर नै हुनेछ, तर आर्थिक पक्ष भने राम्रै रहला ।

 

कुम्भ : 
गु, गे, गो, सा, सि, सु, से, सो, दा  : आज कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जन क्रियाकलापमा सहभागिता भइएला । नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्नेछ ।

 

वृष: 
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो :  नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ । छोटो र लाभदायक यात्रा तय गर्न सकिनेछ । आर्थिक पक्ष राम्रै भए पनि खानपानमा ध्यान दिनुहोला ।

 

कर्कट : 
हि, हु, हे, हो, डा, डि, डु, डे, डो  : आज बोलीले अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दूरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।

कन्या  :
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ः आज सामाजिक प्रतिष्ठा कमाउने बेला छ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ ।

वृश्चिक  :
तो, ना, नि, नु, ने, नो, या, यि, यु  : सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । मनपरेका परिकार खान पाइएला । शेयर बजारबाट सफलता हात पर्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

 

मकर : 
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि  : आज सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्नेछ ।

 

मीन  :
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि  : आज ठीक समयमा सही निर्णय लिन सकिएला । पारिवारिक माया र सद्भाव बढ्नेछ । राजनैतिक र परोपकारमा सफलता मिल्नेछ ।