२०८२ जेठ २१ मङ्गलबार

राशिफल

रघुगंगा गाउँपालिमा कांग्रेस विजय

काठमाडौं : रघुगंगा गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका बिलप्रसाद फगामी ४३२ मत ल्याएर विजय भएका छन्।

दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित फगामीका प्रतिस्पर्धी एमालेका धनबहादुर गुर्बजाले ३५४ मत ल्याए। वडा सदस्यहरुमा कांग्रेसका सोमिता पुन, सुनिता विक, बलमान गौचन र झक्तबहादुर पुन विजयी भएका निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिए।

बेगबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारीलाई ४३४, एमालेका प्रेमबहादुर कार्कीलाई ३४२, उपाध्यक्षमा काँग्रेसका प्रेमकुमारी पुनलाई ४३७ र एमालेकी यामकुमारी गर्बुजालाई ३५४ मत प्राप्त भएको छ। आठ सय ९८ मत खसेको बेगका दुई वटा मतदान केन्द्रमा एक हजार ४२० जना मतदाता थिए।