काठमाडौं : इलाम नगरपालिका नेपाली काँग्रेसले अग्रता कायम राखेको छ । वडा नम्बर १ को मतगणना सक्दा मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार केदार थापाले ११५८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार धिरेन चेम्जोङले १०४१ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् ।
उपमेयरमा ११९५ मत ल्याउँदै काँग्रेसकी विष्णुकमारी लिम्बुको अग्रता रहेको छ भने एमालेकी उपमेयर उम्मेदवार सीता देवी रिजालले १००४ मत ल्याएकी छन् । वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
तपाइँको प्रतिक्रीया