२०८२ जेठ २१ मङ्गलबार

राशिफल

एसियन कप–२०२३ चीनमा आयोजना नहुने

काठमाडौंं : एएफसी एसियन कप–२०२३ चीनमा आयोजना नहुने भएको छ । चाइनिज फुटबल एसोसियनले आयोजकबाट नाम फिर्ता लिएको एसियन फुटबल कन्फेडेरेसन एएफसी ले जनाएको हो ।

एएफसीले सन् २०१९ मा चीनमा एसियन कप आयोजना गर्ने निर्णय गरेको थियो । प्रतियोगिता जुन १६ देखि जुलाई १६ सम्म हुने तालिका रहेको थियो । एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपाल पनि एएफसी एसियन कपको छनोट खेलिरहेको छ ।