२०८२ जेठ २२ बुधबार

राशिफल

वीरगञ्ज महानगरपालिकामा मतगणना सुरु

काठमाडौं : वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ ।वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा शनिबार दिउँसो पौने ३ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

सर्वदलीय बैठकले शनिबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि राजनीतिक दलका प्रतिनिधि समयमै नआउँदा मतगणनामा ढिलाइ भएको थियो । शुक्रबार सम्पन्न निर्वाचनमा ७५।२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको छ ।