२०८२ जेठ २७ सोमबार

राशिफल

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा पनि एमालेकै अग्रता

  • एनडीसी खबर२०७९ बैशाख ३१ शनिवार १७:५९:४३

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ ।

नगरपालिकामा मेयरका उमेदवार बनेका एमालेका उद्धव बिष्टले १२८५ मत पाएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका दीपक रिसालले ११६० मत पाएका छन् ।

नगरपालिका १ को मतगणना सकिएर वडा २ को मतगणना भइरहेको छ । उपमेयरमा पनि एमालेकी सान्नानी लामाको अग्रता छ । उनले ११९६ मत पाएकी छिन् ।

उनका प्रतिस्प्रर्धी तथा निवर्तमान उपमेयर शान्ति नेपालले ९३३ मत पाएकी छन् ।