२०८२ जेठ २७ सोमबार

राशिफल

काठमाडौंमा वालेन साहले अग्रता कायमनै

काठमाडौँ : काठमाडौं महानगरपालिकाको स्वतन्त्रतर्फबाट मेयरका उम्मेदवार वालेन्द्र साहले ३ हजार ५ सय ३२ मत ल्याएर अग्रता बनाइरहेका छन् । नेकपा एमालेको तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले १ हजार ८ सय ५६ मत प्राप्त गर्दै साहलाई पछ्याइरहेका छन् ।

त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय ६८ मत प्राप्त गरेकी छन् ।

यसैगरी काठमाडौंको उपमेयरमा एमालेको तर्फबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले ३ हजार ३ सय १७ मत प्राप्त गरेकी छन् भने उनलाई गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९ सय ६२ मत प्राप्त गरी पछ्याइरहेकी छन् ।