२०८२ जेठ २७ सोमबार

राशिफल

गोदावरी नगरपालिकामा मतगणना जारी , एमालेको मेयरमा र काँग्रेसको उपमेयरमा अग्रता

काठमाडौं : ललितपुरको गोदावरी नगरपालिकामा अहिले मतगणना जारी रहेको छ । अहिलेसम्म नगरपालिकाका १,२,३, ४,५,६,७, ८ नम्बर वडाको मतगणना सम्पन्न भैसकेको छ ।

जसमा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवारले ७ हजार ७ सय मत प्राप्त गरेका छन् भने सोही पार्टीका उपमेयरका उम्मेदवारले ८ हजार २१ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमाले मेयरका उम्मेदवारले ७ हजार ८०२ मत प्राप्त गरेका छन् भने सोही पार्टीका उपमेयरका उम्मेदवारले ७ हजार ११९ मत प्राप्त गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवारले अग्रता लिइरहेका छन् भने उपमेयरमा काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । अहिले मतगणना जारी छ ।