२०८२ जेठ २७ सोमबार

राशिफल

९ महिनामा मात्र विदेशबाट ३३ करोड २४ लाखको मकै आयात

काठमाडौं : चालू आर्थिक वर्ष २०७८–७९ को ९ महिनामा विदेशबाट ३३ करोड २४ लाख रुपैयाँको मकै आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैत महिनासम्ममा उक्त मूल्य बराबरको मकै भित्रिएको हो ।

यस अवधिमा विदेशबाट ६९ लाख ३३ हजार ९२३ किलो मकै आयात भएको विभागले जनाएको छ । यस अवधिमा नेपालमा भित्रिएको ३३ करोड २४ लाख रुपैयाँ बराबरको ६९ लाख ३३ हजार ६८३ किलो मकै आयात भएको छ ।

यस्तै, यस अवधिमा टर्कीबाट ५६ हजार रुपैयाँको मकै आयात भएको विभागले जनाएको छ । टर्कीबाट यस अवधिमा २४० किलो मकै आयात भएको हो ।