काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपालको बुद्ध जन्मस्थल लुम्बिनी आउने मौका मिलेको र यो अविस्मरणीय भएको बताएका छन्।
बुद्ध जन्मभूमि नेपालमा अलग चेतना महसुस हुने उनले दाबी गरे। उनले यसअघि पनि नेपाल भ्रमणका क्रममा गौतम बुद्ध नेपालमै जन्मेको बताएका थिए। उनले संसद्मा सम्वोधन गर्दै यस्तो भनेका थिए ।
बुद्ध पूर्णिमाको दिन लुम्बिनी आएका उनले यसअघि जनकपुर भ्रमण गरेको स्मरण गर्दै राम र सीताविना भारत पनि अधुरो हुने बताए उनी बुद्ध जयन्तीको अवसरमा एक दिने लुम्बिनीको भ्रमणमा रहेका छन्।
तपाइँको प्रतिक्रीया