२०८२ जेठ २५ शनिवार

राशिफल

अमेरीकाको एक चर्चमा बन्दुक आक्रमण , एकको मृत्यु , चार जना गम्भीर घाइते

काठमाडौं : लस एन्जलस नजिकैको एउटा चर्चमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने चार जना ‘गम्भीर’ घाइते भएका छन्।

न्युयोर्कको एउटा सुपर मार्केटमा भएको बन्दुक हमलाको एकदिन पछी । चर्चमा आक्रमण भएको हो।त्यो आक्रमणमा १० जना मारिएका थिए।

‘चर्च हमलामा चार जना गम्भीर घाइते भएका छन्, ओरेन्ज काउन्टी सेरिफ विभागले भनेको छ। घाइते एक जनाको घटनास्थलमै मृत्यु भएको विभागले जनाएको छ। घाइतेहरू सबै जना वयस्क भएको प्राप्त विवरणहरूमा भनिएको छ।

आक्रमणमा संलग्न रहेको आशंकामा एक पक्राउ परेका छन्। त्यस्तै, घटना स्थलमा प्रयोग भएको अनुमान गरिएको एउटा बन्दुकसमेत फेला परेको छ।