२०८२ जेठ २७ सोमबार

राशिफल

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं : झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको हो । जिल्लाको हल्दीबारी गाउँपालिका २ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको चट्याङ लागेर गएराति मृत्यु भएको हो ।

दिसा गर्न घर बाहिर निस्किएको अवस्थामा अविरल वर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।