२०८२ जेठ २१ मङ्गलबार

राशिफल

दक्षिण कोरियाका १ करोड ७८ लाख भन्दा बढी संक्रमित

काठमाडौं : दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा देखिएको यो संक्रमण पहिलेको भन्दा कम भए पनि उल्लेख्य मात्रामा कम हुन भने सकेको छैन ।

यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७८ लाख ३० हजार मानिसमा कोभिडको संक्रमण पुगेको समाचारमा जनाइएको छ ।

यहाँ करिब दुई हप्ता अघिसम्म दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो । यो हप्ता भने त्यसमा कमी आएको छ ।

संक्रमणबाट पछिल्लो पटक २७ जनाको ज्यान गएको बताइएको छ । यहाँ अहिलेसम्म कोभिडबाट २३ हजार ७२५ जनाको ज्यान गएको बताइएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँका कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन् । उत्तर कोरियामा ज्वरोबाट पीडितको संख्या १४ लाख ८० हजार पुग्यो ।

कोरियामा ज्वरोबाट पीडित व्यक्तिहरूको संख्या सोमबार १४ लाख ८० हजार पुगेको कोरियाली केन्द्रीय समाचार एजेन्सीले मङ्गलबार उल्लेख गरेको छ। सोमबार मात्रै २ लाख ६९ हजार नयाँ बिरामी फेला परेका छन् ।

तीमध्ये १७०,४६० जना निको भएका छन् भने छ जनाको मृत्यु भएको समाचार एजेन्सीले राज्य आपतकालीन महामारी रोकथाम मुख्यालयलाई उद्धृत गर्दै जनाएको छ ।