२०८२ जेठ २७ सोमबार

राशिफल

  विराटनगरमा उम्मेदवार पराजित भएपछि कार्यकर्ताले कुटपिट गरे

काठमाडौं :  विराटनगर महानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीलाई कुटपिट गरेका छन् । मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले कुटपिट गरेका हुन् ।

व्यावसायी समेत रहेका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट विराटनगर १५ को अध्यक्ष जितेका उनी कांग्रेस गएपछि वडा नं. १७ को उम्मेदवार बनेका थिए । हसन जसपाका उम्मेदवार समिम कमर मियाँसँग ५०६ मतले पराजित भएका थिए । कमर १४५० मतसहित विजयी हुँदा आलमले ९४४ मत प्राप्त गरे ।

आफ्ना पार्टीको उम्मेदवार हराउन भूमिका खेलेको आरोप लगाउँदै कार्यर्कताले उनीमाथि कुटपिट गरेका थिए ।