काठमाडौँ : ललितपुरका दुई जना मतदान अधिकृतलाई कारबाही गर्न सिफारिससहित माग गरिएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका १० स्थित कालदेवी मावि मतदान केन्द्रमा खटिएका दुई जना मतदान अधिकृतलाई कारबाहीको माग गरिएको छ
महालक्ष्मीकी मुख्य निर्वाचन अधिकृत शारदा फुयालले ४२ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर विहीन भेटिएपछि सम्बन्धी निर्वाचन केन्द्रका अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको जानकारी दिइन् ।
आइतबार १० वडाको मतगणना गर्ने क्रममा ४२ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि रोकिएको मतगणना प्रकृया पुनः सुचारु भएको थियो । उनले हस्ताक्षर नभएको मतपत्र बदर पनि गरिएको बताइन् । कारबाहीमा पर्ने अधिकृतको नाम भने उनले खुवाउन मानेनन् ।
तपाइँको प्रतिक्रीया