२०८२ जेठ २२ बुधबार

राशिफल

तौल कम गर्ने शल्यक्रियामा २१ वर्षकी अभिनेत्री चेतना राजको निधन

काठमाडौं : कन्नड टिभी अभिनेत्री चेतना राजको निधन भएको छ । २१ वर्षकी चेतनाले बेंगलुरुको एक नीजि अस्पतालमा अन्तिम सास फेरिन् ।

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केही दिन अघि उनले तौल कम गराउने प्लास्टिक सर्जरी गराएकी थिइन् । शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र उनको निधन भयो ।

रिपोर्टलाई विश्वास गर्ने हो भने उनले आफ्नो शल्यक्रियाबारे आमा–बुवालाई भनेकी थिइनन् र आफ्नो साथीलाई लिएर शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना भएकी थिइन् ।