२०८२ जेठ २७ सोमबार

राशिफल

स्याङ्जाको अर्जुनचौपारीमा काँग्रेस विजयी

काठमाण्डौं : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी भएका छन् ।

अध्यक्षमा विजयी भएका तिवारीले नेकपा एमालेका चीनमाया गुरुङलाई एक हजार ९४४ मतान्तरले पछि पारेको निर्वाचन अधिकृत शुभाकर पौडेलले जानकारी दिए ।

तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा गुरुङले तीन हजार ३४७ मत ल्याए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गुरुङ उपप्रमुखमा विजयी भएका थिए । त्यस्तै उपप्रमुखमा काँग्रेसकै सपना गुरुङ विजयी भएकी छन् ।