काठमाण्डौं : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ को वडाध्यक्षमा लोकप्रिय मतसहित नेपाली कांग्रेसका सोनाम ग्याल्जेन शेर्पाको प्यानलै विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी निवर्तमान वडाध्यक्ष एमालेका लालमान श्रेष्ठलाई ४०७ मतले पछि पार्दै सोनाम ग्याल्जेन अध्यक्षमा निर्वाचित भएका हुन् ।
वडा नम्बर ७ मा खसेको १ हजार १ सय ७१ मत मध्ये ६ सय ९३ मतसहित सोनाम ग्याल्जेनको प्यानल वडामा विजयी भए ।
लालमानले भने २ सय ८६ मत मात्रै प्राप्त गरे ।
तपाइँको प्रतिक्रीया