२०८२ असार १ आइतबार

राशिफल

बढैयातालको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी

काठमाडौं : बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा माओवादी केन्द्रका हिमाल त्रिपाठी ९३६७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर श्रेष्ठले ८३०८ मत पाए ।

अध्यक्षमा तेस्रो भएका नेपाली कांग्रेसका भगतबहादुर नेपाली ६५५० मत पाए । राप्रपाका चुडामणि पौडेलले १७७, स्वतन्त्र उम्मेदवार देवेन्द्रले ११ र अर्का स्वतन्त्र उम्मेदवार दामोदर वास्तोलाले ९ मत पाए ।

यस्तै, उपाध्यक्षमा भने एमालेकी लक्ष्मीकुमारी अधिकारी ८८८५ मतका साथ विजयी भएकी छन् ।