२०८२ जेठ २७ सोमबार

राशिफल

एमालेको लालकिल्ला तोड्दै राजु बने लिसंखु पाखरमा अध्यक्ष

काठमाण्डौं : सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अध्यक्ष माओवादी उम्मेदवार राजु लामाले बिजय हाँसिल गरेका छन्। अध्यक्ष माओवादीले जितेको यस पालिकामा उपाध्यक्षमा भने एमालेकी उम्मेदवार मिठु देबी तामाङले जितेकी हुन् ।

२०७४ मा एमालेले लिसंखु पाखरमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो। यसपटक भने अध्यक्ष पद माओवादीको पोल्टामा गएको हो। बुधबार राती सम्पन्न मतगणनामा माओवादी उम्मेदवार राजु लामाले ३ हजार ९ सय २५ मतसहित विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका जेठा तामाङलाई ९ सय ६ मतान्तरले पराजित गरेका छन्। कांग्रेस उम्मेदवार तामाङले ३ हजार १९ मत ल्याएका थिए। त्यसैगरी एमाले उम्मेदवार सुर्य लामाले २ हजार ७ सय २७ मत पाएर तेश्रो भएका छन्। गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कमल नेपालसंग २९ मतले पराजित भएका लामाले करिब ५ वर्ष पछि सानदार जित दर्ता गराएका छन्।

यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार मिठु देबी लामाले ३ हजार २५२ मत प्राप्त गरी विजयी भएकी छिन। उनको निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार राम माया तामाङले ३ हजार १ सय ६ मत प्राप्त गरेकी थिइन् । कूल ७ वडा रहेको लिसंखु पाखरमा ११ हजार २ सय ३२ मत खसेको थियो ।