२०८२ जेठ ३२ शनिवार

राशिफल

युक्रेनका नायकहरू जिउँदो रहनुपर्छ : जेलेन्स्की

काठमाडौं :  युक्रेनको मरिउपोलस्थित आजोभस्टालमा रुसी सेनासमक्ष आत्मसमर्पण गरेका युक्रेनी सेनाको विषयमा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले झूटो बोलेका छन् ।

अहिलेसम्म १७ सय ३० सैनिकहरूले आत्मसमर्पण गरेको रुसको दाबी छ । तर युक्रेन सरकारले यस आत्मसमर्पणलाई युक्रेनी सेनाको मानवीय कारवाहीका रूपमा प्रस्तुत गरेको छ ।

जेलेन्स्कीले एउटा भिडियो सम्बोधन गर्दै आजोभ रेजिमेन्टको आत्मसमर्पणको कारण बताए । आफूले जनता र मुलुकलाई बचाउन चाहेको र युक्रेनी सेनाको आत्मसमर्पण रणनीतिक कदम भएको उनको भनाइ छ ।

‘यो सहज दिन हैन । तर हाम्रो मुलुक र जनतालाई सुरक्षित राख्ने काम गर्नुपर्छ । युक्रेनी सेना, गुप्तचर, सम्झौता टोली, अन्तर्राष्ट्रिय रेडक्रस र संयुक्त राष्ट्रसंघको प्रयासस्वरूप हामी आफ्ना सैनिकहरूको ज्यान जोगाउन सफल भएका छौं । युक्रेनका नायकहरू जिउँदो रहनुपर्छ । त्यो हाम्रो सिद्धान्त हो,’ जेलेन्स्कीले बताए ।

युक्रेनी सेना र गुप्तचर अधिकारीहरूले पर्यवेक्षण गरेको मानवीय मिसनका रूपमा आत्मसमर्पणलाई जेलेन्स्कीले अर्थ्याएका छन् ।

तर उनको झूट छिट्टै उजागर भयो ।

आजोभस्टाल स्टील कारखानाबाट युक्रेनी सैनिकलाई हटाउनका लागि राष्ट्रसंघ संलग्न भएन । बुधवार राष्ट्रसंघका महासचिवले त्यसको घोषणा गरे ।

‘मैले बुझेसम्म यो काम दुई पक्षबीचको सहमतिको परिणाम हो । हामी यसमा संलग्न रहेनौं,’ महासचिवका आधिकारिक प्रतिनिधि स्टिफेन डुजारिकले बताइन् ।

बिहीवार रुसी सेनाले आत्मसमर्पण गरेका युक्रेनी सैनिकलाई अन्तर्राष्ट्रिय रेडक्रसका सदस्य तथा युक्रेनी वार्ता टोलीसँग भेटघाट गर्न दिएको जनाएको छ । ती टोलीहरू आत्मसमर्पण शुरू भएको दुई दिनपछि आएका थिए । युक्रेनी सैनिकहरूलाई आजोभस्टालबाट हटाउने कामको निगरानी रुसको गुप्तचर संस्थाले गरेको हो ।

आजोभस्टालमा बसिरहने काम युक्रेनको रणनीतिक कदम थियो किनकि त्यसले गर्दा रुसी सैनिकहरू त्यहीँ अल्झिरहन बाध्य भए । तर अहिले आजोभस्टालबाट युक्रेनी सैनिकहरू आत्मसमर्पण गरेर रुसको नियन्त्रणमा पुग्दा युक्रेनी सेनाको कमान्डको रक्तपिपासु चरित्र उदांगो भएको छ । यसले युक्रेनी सेनालाई हतोत्साही पनि बनाएको छ ।

आजोभस्टालका सैनिकले आत्मसमर्पण गर्नु रुसका लागि यस युद्धमा महत्त्वपूर्ण कोशेढुंगा हो । अब मरिउपोल पूर्ण रूपमा रुसको नियन्त्रणमा पुगेको छ ।