काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको साहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए ।
‘अब अत्यवश्यक भए जिप्रकाबाट पास जारी हुन्छ नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइन्न,’ पौडेलले भने, ‘पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको छ ।’
तपाइँको प्रतिक्रीया