२०८२ असार १९ बिहीबार

राशिफल

जनप्रतिनिधिले प्रतिबद्धता अनुरुप काम गर्नेछन् : ज्ञवाली

काठमाडौं : गुल्मीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले शपथ लिएका छन् । दुई नगरपालिका र १० वटा गाउँपालिकासहित १२ स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यले संयुक्तरुपमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

सपथ लिएसँगै जनप्रतिनिधिहरूले आफ्नो पालिकामा गएर पदभारग्रहण गरेका छन् । नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निर्वाचनमा गरेका प्रतिबद्धता अनुरुप काम गर्ने बाचा गरेको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।

उनले निर्वाचनको बेला एउटा भन्ने तर काम गर्दा अर्कै भन्ने परिपाटिको अत्य गर्दै आफूले जनताको हितमा काम गर्ने बताए।

अघिल्लो कार्यकालका नगरप्रमुखले थालेका गौरवका आयोजनाहरू र निर्वाचनका बेला गरिएका बाचाहरू पूरा गर्नतर्फ ध्यान केन्दित्र रहने मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बताए ।

शपथ तथा पदस्थापन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधीश राधाकृष्ण उप्रेतीले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोप्रति खुसी व्यक्त गर्दै नवनिर्वाचित सबै जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना दिए ।