२०८२ असार १९ बिहीबार

राशिफल

बाँकेको जानकी गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौं : बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा कांग्रेसका छब्बन खाँ ६ हजार ६ सय ५३ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमांशु यादवले चार हजार सात सय ९७ मत प्राप्त गरे । जनता समाजवादी पार्टीका राजिवकुमार कुर्मीले दुई हजार नौ सय ३८ मत प्राप्त गरे ।

खाँ २०७४ सालमा भएको पालिका चुनावमा नेकपा एमालेका राम निवास यादवसँग ७४ मतले पराजित भए ।

यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी रामप्यारी यादव ६ हजार नौ सय नौ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी एमालेकी भूमिसरा धितालले तीन हजार चार सय ५६ र नेकपा माओवादी केन्द्रका रक्षाराम कुर्मीले दुई हजार दुई सय २९ मत पाए।