२०८२ असार ८ आइतबार

राशिफल

दाङमा टिप्परले ठक्कर दिँदा एक युवकको मुत्यु

काठमाडौं : दाङमा टिप्परको ठक्करबाट एक युवकको मुत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ४ हर्नेटीमा बिहिबार साँझ ६ बजे टिप्परले ठक्कर दिदा कपुरकोट गाउँपालिका ३ का १८ वर्षिय आकाश सेनको मुत्यु भएको छ।

सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गर्दा रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको टिप्परले ओभरटेक गर्ने ठक्कर दिएपछि गम्भिर घाइते भएका थिए ।

उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा मुत्यु भएको हो । उनको मत्युपछि मृतकका आफन्तले कपुरकोट तुलसीपुर सडकखण्डमा टिप्पर सञ्चालनमा रोक लगाएका छन् ।

दोषीलाई कार्बाही नहुँदासम्म र पिडितका आफन्तले क्षतिपूर्ति नपाउँदासम्म टिप्पर सञ्चालन गर्न नदिने मृतक परिवारको माग छ । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।