२०८२ असार २ सोमबार

राशिफल

आज सेयर बजार १५.८२ अंकले घट्यो

काठमाडौं : साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि सेयर बजारको ओरालो यात्रामा निरन्तरता देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शुक्रबार सेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २२३५.०९ विन्दुमा झरेको छ । नेप्से ०.७० प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.४७ अंकले घटेर ४३४.७३ विन्दुमा झरेको छ ।

कूल २२३ वटा कम्पनीको २५ लाख २४ हजार २ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।