काठमाडौं : कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–६ गुलारास्थित पूर्वपश्चिम राजामार्गमा ना ५ क ४३८२ नम्बरको बसले से ५ क २४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सवार बर्दगोरिया–५ का श्रवण रानाको मृत्यु भएको प्रहरीले बताएको छ ।
शुक्रवार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार रानाकी श्रीमती राजमती राना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार घाइते राजमतीको स्थानीय अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको हो ।
प्रहरीले बस चालक महोत्तरीका प्रेमकुमार अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।
तपाइँको प्रतिक्रीया