काठमाडौं : दाङमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका १० नारायणपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका चालकको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
स्थानीय ४१ वर्षीय गोकर्ण घर्तीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका घर्तीको उपचारको क्रममा आज बिहान पौने ९ बजे नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले बताएका छन् ।
घर्तीले चलाएको प्रदेश २, ०३, ०१४ प ४४७१ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय नारायणपुरले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रीया