धनुषा : मिथिला विहारी नगरपालिकाको मेयरमा नेकपा एमालेकाले उम्मेदवार अनिल कुमार यादवलाई २१० मतान्तरले हराउँदै नेपाली कांग्रेसका राजेन्द्र प्रसाद यादव विजयी भएका हुन्।
उनले ४३०४ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी निवर्तमान मेयरसमेत रहेका अनिलले ४०९४ मत ल्याएका छन् ।
मिथिला विहारी एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठको गृह पालिका हो। निकै दौडधुप र चुनावी प्रचार गरे पनि यस नगरमा १० मध्ये एमालेले एउटा वडामा समेत जित्न सकेन्।
मिथिला विहारीको उपमेयरमा भने ३३३० मत सहित नेकपा माओवादी की शोभादेवी साह विजयी भएकी छिन् ।
तपाइँको प्रतिक्रीया