काठमाडौं : कतार सरकारले कोभिड नियन्त्रणका लागि देशका विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्धहरु हटाउने निर्णय गरेको छ ।
कतारका प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजिज अल थानीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धहरु हटाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले आगामी शनिबारदेखि लागू हुने गरी सार्वजनिक सवारी साधन र स्वास्थ्य क्षेत्र बाहेक अन्य क्षेत्रमा मास्कको अनिवार्य प्रयोगलाई हटाउने निर्णय गरेको छ ।
सरकारले जारी गरेको नीतिको अवलम्बन गर्दै सम्मेलन, प्रदर्शनी तथा विभिन्न कार्यक्रमहरू आयोजना गर्न सकिने जनस्वास्थ्य मन्त्री डा. हानान बिन्त मोहम्मद अल कुवारिले जानकारी दिए ।
कुवारिका अनुसार अब सरकारी र निजी क्षेत्रका सबै कर्मचारीहरू पूर्णरूपमा काममा फर्कन सक्ने छन् ।
तपाइँको प्रतिक्रीया