२०८२ असार १९ बिहीबार

राशिफल

जसपा ढल्नुको कारण बन्यो, उपेन्द्रको पुत्रमोह

काठमाडौं : जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले उप–मेयर पदमा नराम्रोसँग हारेका व्यहोरेका छन्।

शनिबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार ३४ वर्षीय अमरेन्द्र विराटनगर महानगरपालिकाको उप–मेयरमा हारेका हुन् ।

अमरेन्द्रले १४,२,१९ मत पाएका थिए भने एमाले उप–मेयरकी उम्मेदवार ४३ वर्षीया शिल्पा कार्कीले पराजित गरेकी हुन् ।

अध्यक्ष उपेन्द्र यादवले आफ्नो छोरालाई उप–मेयर बनाउने लोभमा परेर उम्मेदवार बनाउँदा मतदाताले नरुचाएर हराइदिए ।

आफ्नै छोरालाई उपेन्द्रले उम्मेदवार बनाएपछि पार्टीभित्र बाट विरोध पनि भएको थियो ।

महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ४८ वर्षीय नागेश कोइराला ३०१७० मतसहित विजयी भएका छन् ।

कोइरालासँग एमालेका ४५ वर्षीय सागरकुमार थापो २१४५५ मतसहित हारेका छन् ।