२०८२ जेठ २८ मङ्गलबार

राशिफल

कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौं : कैलालीमा सशस्त्र प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।

शनिबार टीकापुर नगरपालिका–८ खक्रौला नाकाबाट उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बस्ने ३२ वर्षीय चित्रराज जैसी, २२ वर्षीय कृष्ण हमाल, २३ वर्षीय आकाश सुनार र ३५ वर्षका मदन विक छन्। उनीहरूको साथबाट स्पास्मो प्रोक्सी प्लस क्याप्सुल २० ओटा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारैजना र बरामद २ ओटा मोटरसाइकल आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई बुझाएको गणले जानकारी दिएको छ।