२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आज देशभर ११ जना संक्रमित, १ सय ४८ जना सक्रिय संक्रमित

काठमाडौं : आज देशभर ११ जना कोभिड संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ३० जनामा गरिएको परीक्षणमा ११ जना संक्रमित भेटिएका हुन्।

आज १२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ सय ४८ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणमा २४ घन्टामा कोरोना विरुद्धको खोप लगाउने संख्या शून्य रहेको छ।

हाल देशभर ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।