काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा आज आइतबार एक खेल हुँदैछ ।
आईपीएल अन्तर्गत सिजनको अन्ति लिग खेलमा सनराईजर्स हैदरावाद र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने खेल राति ७ः४५ बजे सुरु हुनेछ।
दुबै टोलीका लागि यस खेल अर्थहीन जस्तै रहेको छ । तर, आज दुबै टोली जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ ।
दुबै टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई हुनेछ । हैदरावाद १३ खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ । पन्जाब १३ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
तपाइँको प्रतिक्रीया