२०८२ असार १० मङ्गलबार

राशिफल

खाद्य सङ्कट घटाउन १ दशमलव ५ अर्ब अमेरिकी डलर अनुमोदन

काठमाडौं  :  अफ्रिकी विकास बैंक एएफडीबीले अफ्रिकी देशलाई सम्भावित खाद्य सङ्कटको जोखिम घटाउन १ दशमलव ५ अर्ब अमेरिकी डलर अनुमोदन गरेको छ ।

रूस–युक्रेन सङ्कटबाट उत्पन्न खाद्य आपूर्तिको अवरोधका कारण अफ्रिकाले अहिले कम्तीमा तीन करोड मेट्रिक टन खाद्यान्नको अभाव सामना गर्नुपरेको विवरण छ । अफ्रिकामा गहुँ, मकै र भटमासजस्ता प्रमुख खाद्यान्नको अभाव छ ।

बिउ र स्थानीय उत्पादन बढाउन यान्त्रिकरणका लागि बैंकको सहयोग आवश्यक रहेको एएफडीबीका अध्यक्ष अकिनवुमी अडेसिनाले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

तत्काल २० लाख अफ्रिकी साना किसानलाई प्रमाणित बिउ उपलब्ध गराउने तयारी छ ।