काठमाडौ : इटहरीमा नेकपा एमालेका नेता तथा निर्वाचन परिचालन कमिटी सहसंयोजक हिमाल सुवेदिमाथि हमला भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताले उनलाई हातपात गरेका हुन् ।
हातपातपछि अहिले कारबाहीको माग गर्दै एमालेका कार्यकर्ताहरु प्रदर्शनीमा उत्रिएका छन् । आइतबार बिहान हिमाल सुवेदीले ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी दिएपछि कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
प्रहरीका अनुसार सुवेदीको आँखामा चोट लागेको छ र सुवेदीलाई हातपात गर्नुअघि विष्टले धम्कीपूर्ण म्यासेज गरिएको बताइएको छ ।
इटहरीमा उपमेयर पराजित केशव कुमार विष्टका छोरा कैलाश विष्टसहित ३ जनाले आइतबार बिहान आफूलाई कुटपिट गरेको भन्दै सुवेदीले प्रहरीमा उजुरी दिएका छन् ।
तपाइँको प्रतिक्रीया