२०८२ जेठ २२ बुधबार

राशिफल

२४ घण्टामा कोरोनाका थप ६ नयाँ संक्रमित, कति जनाको ज्यान गयो ?

काठमाण्डौं : नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ६ जना नयाँ संक्रमित थपिएका छन् ।

२ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ । यो अवधिमा कोही पनि संक्रमितको मृत्यु भएको छैन ।