काठमाडौं : एकल आमाको एक मात्र बच्चाका रूपमा एन्थोनी अल्बानिज श्रमिक बस्तीमा हुर्किएका थियो । जीवनमा अनेक सङ्घर्षबाट उठेर तीन वर्ष वर्षअघि उनी श्रमिकको पार्टी दाबी गर्ने लेबर पार्टीको नेतृत्वमा पुगेका थिए ।
हिजो सम्पन्न निर्वाचनमा लेबर पार्टीले जितेसँगै ९ वर्षे कन्जरभेटिभ शासन अन्त्य हुने भएको छ । मतगनणा चलिरहँदा अल्बानीजको पार्टीले १५१ सदस्यीय संसद्मा बहुमत हासिल गर्ने हिसाबमा अघि बढिरहेको छ ।
पछिल्लो मत परिणामप्रति इङ्गित गर्दै ५९ वर्षीय अलबानिजले ‘अस्ट्रेलियाली मतदाताले परिवर्तनको पक्षमा मतदान गरेको’ प्रतिक्रिया दिएका छन् । सन् २००७ पछि पहिलो पटक लेबर पार्टीले आम चुनाव जित हासिल गरेको छ । कन्जरभेटिभ पार्टीको लामो शासनमा जमेको समाजमा परिवर्तन ल्याउने उनले दाबी गरेका छन् ।
तपाइँको प्रतिक्रीया