२०८२ जेठ २८ मङ्गलबार

राशिफल

पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाण्डौं : पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको तिनाउ गाउँपालिका–५ मस्यामका २० वर्षीय योगेश रास्कोटीको तानसेन नगरपालिका–९ दमकडा बजारमा लु ७७ प २१३२ नम्बरको मोटरसाईकल अनियन्त्रित हुँदा मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रास्कोटीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति हुन् ।

यस्तै, दुर्घटनामा परी मोटरसाइकलका चालक सोही स्थानका २४ वर्षीय जनक राना घाइते भएका छन् ।