काठमाडौं : स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा एट्लेटिको मड्रिडले जित निकालेको छ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २-१ गोल अन्तरले हराएको हो । खेलको ५० औं मिनेटमा रोड्रिगो डी पाउलले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा एन्जल कोरियाले गोल गर्दै एट्लेटिकोलाई २-० को अग्रता दिलाए ।
खेलको इन्जुरी समयमा सोसिडाडका जोन गुरिडीले एक गोल गरेपनि एट्लेटिको २-१ ले विजयी भयो । यस जितसँगै एट्लेटिकोले ३८ खेलमा ७१ अंक जोड्यो ।
तपाइँको प्रतिक्रीया