२०८२ जेठ ३० बिहीबार

राशिफल

अवैध रुपमा भारत लैजाँदै गरेको चरासहित २ दुईजना पक्राउ

काठमाडौं : पर्सामा अवैध रुपमा भारत लैजाँदै गरेको लाटोकोसेरो चरासहित दुईजना पक्राउ परेका छन् ।

छिपहरमाई गाउँपालिका–१ मिर्जापुर हुँदै अवैध रूपमा भारततर्फ लैजाँदै गरेको लाटोकोसेरो चरासहित दुई भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी–१ ठेगाना भएका ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ ठेगाना भएका ३५ वर्षीय शेख अनवर छन् ।

प्रहरीले उनीहरूलाई उक्त पन्क्षी लिई भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।