काठमाडौं : सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेविरुद्ध मानवबेचबिखन तथा ओसारपसारविरुद्धको कसुर र बालबालिकाविरुद्धको कसूरमा दुई वटा जाहेरी दर्ता भएको छ ।
बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गर्दै आठ वर्ष पुरानो घटनाबारे खुलासा गरेकी युवतीको मानवबेचबिखन र अर्की पीडित किशोरीको बालबालिकाविरुद्धको कसूरमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले अनलाइनखबरलाई बताए ।
गिरीका अनुसार दुई जाहेरीका आधारमा अनुसन्धानका लागि म्याद थप गर्न पाण्डेलाई सोमबार जिल्ला अदालत, काठमाडौं उपस्थित गराइएको छ । उनले भने, ‘सरकारी वकिलमार्फत म्याद थप गर्नका लागि लगेका छौं, दुई मध्ये कुनै एकमा म्याद थप हुन्छ र थप अनुसन्धान अघि बढ्छ ।’
तपाइँको प्रतिक्रीया