काठमाडौं : पाल्पामा सुख्खा पहिरोले तानसेन बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका –५ कालीमाटीमा सोमबार दिउँसो सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सडकमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो खसेको हो । अहिले पाल्पादेखि वुटवलतर्फ जाने तथा बुटवलदेखि पाल्पातर्फ आउने सवारीसाधन सडकमै रोकिएका छन् ।सडक पूर्णरुपमा अवरुद्ध छ ।
सडक डिभिजन कार्यालयको दुईवटा जेसीबी परिचालन गरेर पहिरो पन्छाउने तयारी भएको प्रहरी चौकी प्रभासका प्रमुख भरत थापाले जानकारी दिए ।सडक एकतर्फी खुलाउन पनि कम्तिमा दुईघण्टा लाग्ने उनको भनाई छ । सोही स्थानमा केही दिनअघि पनि सुख्खा पहिरो खसेको थियो ।
तपाइँको प्रतिक्रीया