२०८२ जेठ ३० बिहीबार

राशिफल

बुटवलमा १२ वर्षीया बालिकामाथि करणी, ५९ वर्षीय पुरूष पक्राउ

काठमाडौं : रूपन्देहीको बुटवलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। तिलोत्तमा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले आइतबार साँझ बुटवलका ५९ वर्षीय पुरूषलाई पक्राउ गरेको छ।

मिठाइ खान दिने लोभमा फकाइफुलाई गरी बुटवल ११ देवीनगरस्थित रंगशाला नजिकै लगेर बालिकालाई बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले रंगशालानजिकै तिनाउ नदीको किनारबाट बलात्कारमा संलग्न पुरूषलाई पक्राउ गरिएको जानकारी दिए।

बुटवल उपमहानगरपालिका ११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ नै घटनास्थलबाटै पक्राउ गरिएको र सोमबार अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको केसीले बताए।

उनका अनुसार पक्राउ परेका ढकालले बालिकालाई मिठाई दिने प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको स्वीकारेका छन्। आइतबार साँझ बालिका चिच्चाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।