काठमाडौं : कैलालीमा गुडिरहेको बस नालीमा खसेर दुर्घटना भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको हो। प्रहरीका अनुसार धनगढीबाट टीकापुर गइरहेको बस गुडिरहेकै बेला स्टेरिङ फेल भएपछि अचानक नालीमा खसेको थियो ।
बस नालीमा फसेपछि बसमा सवार ४ जना घाइते भएका छन् । उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई घोडाघोडी अस्पताल लगिएको छ ।
तपाइँको प्रतिक्रीया