२०८२ जेठ ३० बिहीबार

राशिफल

पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न  अदालतको अनुमति

काठमाडौं : आठ वर्षअघि २०१४ को मिस ग्लोबल इन्टरनेशनल प्रतियोगितामा सहभागी युवतीलाई होटेलमा बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

आज सोमवार जिल्ला अदालत काठमाडौंले पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आज सोमबार नै जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन–०६४ अनुसार पाण्डेविरुद्ध दिएको जाहेरी दर्ता गरेका थिइन् । यसअघि पीडित युवतीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर घटनाबारे बयान दिएकी थिइन् ।

अदालतबाट युवतीको बयान प्रमाणित भएसँगै आरोपी पाण्डेलाई सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला प्रहरी परिसर काठमाडौं अदालत लगिएको थियो । आरोपी पाण्डे जेठ ७ मा स्वयम्भूबाट पक्राउ परेका थिए ।