काठमाडौं : बाराबाट एक युवकका घाँटी रेटीे हत्या गरेको आरोपमा प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम छन् ।
प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार उनीहरुलाई बारा जितपुर सिमरा १० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।
यही जेठ ६ गते बस्डिल्वास्थित कठोहखोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेला परेको थियो ।
तपाइँको प्रतिक्रीया