काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक मात्र नेता हुन् जससँग युद्ध अन्त्य गर्न आफू वार्ता गर्न तयार रहेको बताएका छन् ।
जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै गर्दा सो कुरा बताएका हुन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार जेलेन्स्कीले रुसको कारवाहीका कारण उनलाई कुनै पनि प्रकारको वार्ता गर्न गाह्रो भइरहेको बताएका छन् ।
रुसले अहिलेसम्म युक्रेनी नागरिकलाई जानाजानी निशाना बनाएको दाबीलाई अस्वीकार गर्दै आएको छ । रुसले आफ्नो आक्रमणलाई युक्रेनमा ‘विशेष अभियान’ भनेको छ ।
जेलेन्स्कीले भने, ‘रुसका राष्ट्रपतिले हरेक निर्णय गर्छन् । यदि हामी उनी बिना नै यो युद्ध समाप्त गर्ने कुरा गरिरहेका छौँ भने त्यस्तो निर्णय लिन नसकिने समते बताएका छन ।
तपाइँको प्रतिक्रीया