२०८२ जेठ २९ बुधबार

राशिफल

मुल्य वृद्धी भएको भन्दै मुख्य मन्त्री कार्यालय अगाडी खाली सिलिन्डर

काठमाडौं : मुल्यवृद्धि भएको भन्दै प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर आन्दोलन गरेका छन् ।

खाना पकाउने ग्यासमा सिलिन्डर २ सय रुपैयाँ, पेट्रोलिय पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको छ । मुल्य वृद्धिको विरोधमा मंगलबार विराटनगरमा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

मनलाग्दी भएको मुल्य वृद्धिले सर्वसाधारणलाई सास्ती भएपछि प्रदर्शनमा उत्रिएको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।

संघीय सरकारले मुल्य वृद्धि गर्दा प्रदेश सरकार चुप लागेर बसेको भन्‍दै खाली सिलिण्डर राखेर प्रदर्शन गर्नु परेको उनले बताए ।

आन्दोलन क्रममा स्थानीयले मुल्यवृद्धि तत्काल फिर्ता गर्न पनि माग गरेका छन् ।