२०८२ जेठ २९ बुधबार

राशिफल

अर्घाखाँचीमा गाँजासहित एकजना पुरुष पक्राउ

काठमाडौं : अर्घाखाँचीको पाणिनि गाउँपालिकामा चार केजी गाँजासहित एकजना पुरुष पक्राउ परेका छन् ।

पाणिनि ४ देउरालीबाट बुटबलतर्फ लैजादै गरेको चार केजी सुकेको गाँजासहित गुल्मी मदाने गाउँपालिका १ अग्लुंगका २९ वर्षीय सन्तोष चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।